काठमाडौ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिनुपर्नेमा सरकारले सधैं एक्ल्याउन खोजेको आरोप लगाएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिनेक्रममा संसद्‌मा बोल्दै नेम्वाङले संविधान कार्यान्वयन, संविधान सर्वस्वीकार्यताको नाममा प्रतिपक्षीलाई ‘कुना पार्ने’ काम भएको टिप्पणी गरेका हुन् । ‘संविधान कार्यान्वयनका लागि विधेयकहरु निर्माण गर्दा होस्, संविधान संशोधन प्रस्ताव तयार पार्दा वा निर्वाचन मिति सार्दासमेत प्रतिपक्षीसँग छलफल गरिएन’ उनले भने, ‘सरकारकै अंग मानिने प्रतिपक्षीलाई समझदारी वा विश्वासमा राख्ने काम यसअघिका सरकारले गरेन, भएन, अबको सरकारले गरोस् ।’उनले संविधान स्वीकार्यता हिजो संविधान जारी गर्दा एक ठाउँमा रहेका दलहरु विभाजित भएर हुन नसक्ने दाबी पनि गरे ।  उनले भने, ‘संविधान बनाउने दलहरु एक ठाउँमा बसेर असन्तुष्टलाई मनाउने काम गर्नुपर्छ अनिमात्र संविधान सर्वस्वीकार्यता बढ्छ, नत्र घट्छ ।’

राजपा निर्वाचनमा सहभागी हुने भन्दै विपक्षीको सहमतिबिना सरकारले निर्वाचन सारेको बताउँदै पूर्वसभामुख समेत रहेका नेम्वाङले भने, ‘अहिले न त राजपा चुनाव आउने भयो । न त सरकारले प्रतिपक्षीलाई विश्वासलाई राख्न सक्यो  ।’

उनले आफ्नो थैली दरो राख्नु अरुलाई दोष नदिनु भन्ने भनाइ कोट्याउँदै दलहरुबीचको एकतामा जोड दिए । निरंकुशताविरुद्धको आन्दोलन गर्ने दलहरु संविधान कार्यान्वयन नहुँदासम्म एकजुट हुन्छौं भनेर गरेको प्रतिबद्धतातिर ख्लाल राख्न पनि नेम्वाङले आग्रह गरे । उनले ‘लिक’बाहिर पुगेको सहमतीय राजनीतिलाई सही ठाउँमा ल्याउन शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!