काठमाडौँ, ३ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ ।

Advertisement

यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो ।

बिश्व बैँकको करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब छ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!