बैतडी। चमेलिया नदीमा पौडी खेलिरहेका बेला आज साँझ ५ बजे एक किशोर बेपत्ता भएका छन् ।

Advertisement

बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका– ५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

ट्युबमाथि चढेर चमेलिया नदीमा पौडी खेलिरहेका बेला उनी एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता किशोरको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!