गौशाला, १ माघ । महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता यादवसँग रु तीन लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा बाउन्स भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।

पीडितले प्रहरीमा आफू ठगिएको जानकारी गराएपछि आजै प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!