धरान, १ माघ । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

Advertisement

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिनुभयो ।

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले २२ महीनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो ।

अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!