काठमाडौँ, ३० पुस । प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई आज पक्राउ गरेको छ ।

Advertisement

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि पक्राउ गरिएको हो । उक्त संघले दुई जना भाइते भएका जनाएको छ ।

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै आन्दोलन गरेका थिए ।

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी (क) वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

संघका संयोजक शेरबहादुर बस्नेतले देश र जनताको सुरक्षा दिने सिलसिलामा करिब दुई हजार ८०० सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको उल्लेख गर्दै सरकारले उनीहरुलाई सहिद घोषणा गरिसकेको भए पनि सुविधा प्राप्त हुन नसकेकाले त्यसतर्फ सरकारलाई संवेदनशील बन्न आग्रह गर्नुभयो ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार मञ्जु गिरीले तत्कालीन युद्वमा सहिद भएका सुरक्षाकर्मी तथा घाइतेलाई सरकारले सुविधा दिने विषयमा सरकार लचिलो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!