काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् ।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा दाहाललाई भैंसीको पूजा गराएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायत सन्तको आश्रममा पुगेका थिए ।

उनीहरुले त्यहाँ पूजाआजा गर्दै आशिर्वाद समेत लिएका छन् । महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर राखेका छन् ।

तस्बिरमा देउवा पत्नी सन्त कृष्णदासको अगाडि ध्यान मुद्रामा देखिन्छन् भने विजयकुमार महराले पहेंलो बस्त्र कााधमा राखेर नमस्कार गरेका छन् । गच्छदार पनि फूलामाला र खादासहित देखिन्छन् ।

कृष्णदास महाराज तिनै व्यक्ति हुन् जसले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सुनसरीको चतरामा भैंसी पूजा गराएका थिए । उनीकहाँ बिभिन्न नेताहरु आशिर्वादा लिनका लागि पुग्ने गर्दछन् ।

उनले ति नेताहरुका तस्वीर सामाजिक सन्जालमा राख्ने गर्दछन् । यसअघि उनको आश्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षा पुष्पविक्रम मल्ल पनि पुगेका थिए ।

तस्वीरहरु हेर्नुहोस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!