विराटनगर। पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध रहेको छ ।

Advertisement

विगत केही वर्षदेखि यस क्षेत्रमा रासायनिक मलको अभाव नभएको र यस वर्ष पनि मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।

पूर्वाञ्चलका विभिन्न जिल्लामा तीन हजार २६५ मेट्रिक टन युरिया, चार हजार ६०० मेट्रिक टन डिएपी, दुई हजार ५२८ मेट्रिक टन पोटास तथा १६७ मेट्रिक टन कृषिचुन मौज्दात छ ।

सोअन्तर्गत मोरङमा दुई हजार २२९ मेट्रिक टन, दुई हजार ३७ मेट्रिक टन डिएपी, एक हजार ४७४ मेट्रिक टन पोटास र ३० मेट्रिक टन कृषिचुन मौज्दात रहेको कार्यालय प्रमुख गोविन्दप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

किसानलाई मलको अभाव हुन नदिन थप सात हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी दुई सातापछि विराटनगर आइपुग्ने उहाँले बताउनुभयो । मोरङमा गत वर्ष रोपाइँको समयमा तीन हजार ८६८ मेट्रिक टन युरिया र एक हजार ८०० मेट्रिक टन डिएपी कार्यालयले वितरण गरेको थियो ।

रासायनिक मलको कारोबार गरिरहेका साल्ट ट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाले ७० हजार बोरा युरिया र ८५ हजार बोरा डिएपी मौज्दात रहेको बताउनुभयो । यी दुवै कार्यालयले झापा, मोरङ, सुनसरी, सप्तरी, इलाम, सिरहा, धनकुटा, उदयपुरका डिपोमा रासायनिक मल उपलब्ध गराउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!