सुर्खेत, १५ मङ्सिर । बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे १ ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर रहेको छ । घाइते २५ जनालाई प्रदेश अस्पताल सुर्खेत र बाँकी माया नर्सिङ होम तथा देउती अस्पतालमा उपचार भइरहेको छ ।

जनजागृति युवा क्लबको टोली बोकेको बस वनभोज खाएर फर्कँदै गर्दा कटकुवा र कपासेको बीचमा दुर्घटना भएको थियो । सडकभन्दा १०० मिटर तल खसेको बसमा ५६ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटना कसरी भएको भन्ने एकिन हुन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!