काठमाडौँ, १० मङ्सिर । दोस्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मङ्गलबारदेखि शुरु हुने भएको छ ।

Advertisement

ब्याडमिन्टन एशियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनशिपमा नेपाललगायत भारत, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन सङ्घका सचिव नवीनविक्रम शाहले जानकारी दिए ।

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा हुने च्याम्पियनशिपमा नेपालका महिला चार र पुरुष चार गरी आठ खेलाडीको सहभागिता रहनेछ । अन्य टोलीका तीन/तीन पुरुष तथा महिला खेलाडीको सहभागिता रहनेछ ।

दक्षिण एशियामा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको च्याम्पियनशिपको पहिलो संस्करण भारतको गुहाटीमा भएको थियो । जसमा नेपालले मिक्स टिम स्पर्धामा रजत पदक हात पारेको थियो भने पुरुष युगलमा कास्य पदक हात पारेको थियो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा मङ्सिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनशिपमा पुरुष/महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम इभेन्ट्स गरी छ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!