संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको ईनरुवा नगरपलिका–६ स्थित भोटेपुल नजिक बुधबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन ।

Advertisement

पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना.४ ख ३९९० नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको ना.६ ख ६४७२ नम्बरको ट्रक र बिपरित दिशाबाट जाँदै गरेको को १ ख ३२२८ नम्बरको टिफरले ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाईते भएकाहरुको बिराटनगर र जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

को–को भए घाईते ?

१) चितवन नारायणघाट बस्ने २६ बर्षीय शितल रेग्मी ।
२) धनुषा जलेश्वर बस्ने ७० बर्षीय राम ठाकुर ।
३) धनुषा नगरपालिका १ बस्ने ३० बर्षीय नरेश कुमार यादव ।
४) जनकपुर बस्ने ४५ बर्षीया कञ्चन देवी साह ।
५) जनकपुर बस्ने २१ बर्षिया सोनी साह
६) २५ बर्षीया पुजा साह ।
७) सिराहा धनगढी ११ बस्ने १९ बर्षीय बिक्रम श्रेष्ठ ।
८) सोही ठाउँका २५ बर्षीय उमेस श्रेष्ठ ।
९) भारत पूर्णिया जिल्ला बस्ने ३५ बर्षीया पूर्णिया सिंह ।
१०) भारत पूर्णिया जिल्ला बस्ने ३५ बर्षीया मधवाला सिंह
११) भारत पूर्णिया जिल्ला बस्ने ८ बर्षीय महि सिंह ।
१२) भारत पूर्णिया जिल्ला बस्ने ५ बर्षीया लक्की सिंह ।
१३) सप्तरी धनताल ७ बस्ने ६० बर्षीय दविया झा ।
१४) सप्तरी कञ्चनपुर ५ बस्ने ३८ बर्षीय रामेश्वर यादव ।
१५) बिरेन्द्र बजार ४ बस्ने २० बर्षीय भुगेन्द्र साह ।
१६) महोत्तरी मरिहानी ९ बस्ने ३५ बर्षीय पवन कुमार शाह ।
१७) जिल्ला मोरङ बुधनगर ४ बस्ने २५ बर्षीय आलोक कुमार ठाकुर ।
१८) विराटनगर ६ बस्ने ५० बर्षीया लिला बस्नेत ।
१९) ५५ बर्षीया मुना शाक्य ।
२०) ५० बर्षीया जमुना श्रेष्ठ ।
२१) ५७ बर्षीया बसन्ती राना ।
२२) मोरङ सुन्दर दुलारी नगरपलिका २ बस्ने टिफर चालक ३६ बर्षीय किलिङ् राई
२३) टिफरका सह–चालक १८ बर्षीय निश्चल तुलाङ् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!