बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा जानुभएको छ ।
कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो ।
कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा जानुभएको हो ।
उहाँ त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुनुहुनेछ । उहाँले त्यहाँ आयोजना हुने विश्व प्रदर्शनीको पनि उद्घाटन गर्नु्हुने छ ।