काठमाडौँ, ७ मङ्सिर । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता वल्र्ड रोबोट ओलम्पियाड मा सहभागी हुन तयारी थालेको छ ।

Advertisement

नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ ।

आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताए । छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ । उनले भने, “हामीले सकेसम्म राम्रो तयारकिा लागि अहिलेदेखि नै जुटेका छौं ।”नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!