काठमाडौँ, ६ मङ्सिर । एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ ।

Advertisement

मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ ।

एएफसी कपमा एशियाका ३६ क्लबले भाग लिनेछन् । नेपालको तर्फबाट हाल काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता एएफसी कपमा सहभागी हुनेछ ।

खेल तालिका अनुसार नेपाल समूह इ मा परेको छ । उक्त समूहमा भारतको मिनेर्भा पञ्जाब र बङ्गलादेशको लिगमा च्याम्पियन बन्ने क्लब रहनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!