मङ्गलबारे, ६ मङ्सिर । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौँरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो ।

Advertisement

अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् । तिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरू भइसकेको छ ।

ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ बेँसीतर्फ झारिएको माइमझुवाका पञ्चबहादुर राईले बताउनुभयो । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करीब ५० चौँरीगोठ चिसोबाट न्यानोतर्फ सरेका छन् ।

असोज महीनादेखि गोठ उँधो झर्ने क्रम शुरू हुन्छ । चिसो नहअटेसम्म ती गोठ बेँसीमै रहन्छन् । वैशाख महीनादेखि गोठ उभो लाने क्रम शुरू हुने माइमझुवाका चौँरीपालक लालबहादुर राईले बताउनुभयो ।

पुस ५ देखि इलाममा पर्यटन महोत्सव

इलाम सदरमुकाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार मञ्चको आयोजनामा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आयोजना गरिने भएको हो ।

यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताए।

इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, ताप्लेजुङ र झापा जिल्लाका स्थानीय उत्पादन, कलासंस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, जातीय खानाको परिकार, प्रदेश नं १ का होटल व्यवसायीको भेलालगायत अन्य कार्यक्रम राखिने जनाइएको छ ।

इलामलगायत साविक मेचीका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!