हुम्ला, ६ मंसिर । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे।

Advertisement

हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष्ँ पदम लामाले अर्को सिफरिस बनाइदिए। सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ।’

गाउँपालिका अध्यक्षको त्यही सिफारिसपत्र बोकेर कात्तिक ३० मा हुम्ला सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारी सिडिओ कार्यालय पुगे।

सिडियो माधवप्रसाद ढुंगाना बिदामा थिए। त्यसपछि सहायक सिडिओ महेशकुमार पोखरेलको कार्यकक्षमा पुगे।

घरमा चामल नभएको र तीन महिनादेखि चामल किन्न नपाएको गोपालको गुनासो र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्षको सिफारिस पढेपछि सहायक सिडिओ पोखरेलले त्यही सिफारिसपत्रको पछाडि तोक–आदेश लगाए। त्यसमा लेखे, ‘श्री ने.खा.संस्थान, १५ केजी चामल दिने।’, आजको नयाँ पत्रिकामा यो खबर  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!