काठमाडौ । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ ।

व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको हो ।

Advertisement
काँग्रेस सभापति देउवा प्रधानमन्त्री भएपछि बुढानिलकण्ठस्थित निवासमा बधाइ तथा शुभकामना दिँदै नेता तथा कार्यकर्ता । तस्बिर- रोशन सापकोटा, रासस

बधाई दिन सांसद, काँग्रेस केन्द्रीय सदस्यलगायत बूढानीलकण्ठ पुग्नुभएको थियो । नव निर्वाचित प्रधानमन्त्री देउवाले आजै शपथग्रहण गर्ने कार्यक्रम छ ।

शपथपछि लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी नेपाली काँग्रेस केन्द्रीय कार्यालय बिपी नगर सानेपामा रहेको संस्थापक नेता बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!