काठमाडौँ, ४ मङ्सिर । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Advertisement

सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले बताए ।

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ साफले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको बताइएको छ ।

यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा शुरु हुनेगरी खेल तालिका सार्वजनिक गरिएको थियो । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ देखि चैत ७ गतेसम्म गर्ने एन्फाले जनाएको छ ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । यसअघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!