काठमाडौँ, ३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा माओवादी केन्द्रका युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेका छन् ।

Advertisement

माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताए।

नेपाली समाज परिवर्तन गर्न देखाएको भूमिका प्रेरणादायी रहेको भन्दै उनले प्रकाशको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टी एकता गर्ने सपना पूरा भए पनि त्यो एकता देख्न नपाएको बताए ।

उनले समाजवाद नै अहिलेको सरकारको मुख्य ध्येय रहेको भन्दै मुलुकमा समाजवाद ल्याएर समृद्धि हासिल गरिने बताउनुभयो । प्रवक्ता श्रेष्ठले एउटै कम्युनिष्ट पार्टी निर्माणमा नेकपा रहेको उल्लेख गर्दै बाहिर रहेका वामशक्तिलाई पनि एकीकृत गर्ने प्रयास भइरहेको बताए ।

कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले प्रकाशले देखाएको बाटोमा युवा तथा विद्यार्थी हिँडेर मुलुकमा समृद्धि ल्याउनुपर्ने बताए ।

कार्यक्रममा युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग वाईसीएल, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका पदाधिकारीको सहभागिता थियो । प्रकाशको गत वर्ष आजैका दिन हृदयाघातका कारण निधन भएको थियो ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!