काठमाडौं, ३ मङ्सिर। कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो।

Advertisement

कोरिया इपीएसमार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर कारोबार दैनिकमा  छ।

कोरिया सरकारले आगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ। सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि २०१८ मा रोजगार आवेदन दिएर पास भएका ८ हजारमध्ये लगभग ४ हजार युवाको नाम रोष्टर (रोजगार योग्य सूची) मा राख्न कोरिया पठाएको हो। रोष्टरमा नाम पठाएकामध्ये केही युवाको श्रम सम्झौता समेत आउन थालेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!