संगालोखबर सम्वाददाता

धनकुटा, १९ कात्तिक । साँगुरीगढीको पोक्ला फुटबल क्लवले छिन्ताङमा सञ्चालित छैठौं सहीद कप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । साँगुरीगढीकै अजम्बरी युवा क्लव फेदीलाई ट्राईब्रेकरमा ६–५ गोलअन्तरले पराजित गर्दै पोक्लाले उपाधि माथि कब्जा जमाएको हो ।

Advertisement

निर्धारित समयमा खेल वरावरी भएपछि ट्राईबेकरमार्फत खेल टुंग्याईएको खेल प्रचारप्रसार संयोजक भक्त खड्काले जानकारी दिए । उपाधिसँगै पोक्ला फुटबल क्लवले ६५ हजार, शिल्ड र प्रमाणपत्र पाएको छ भने उपविजेता अजम्बरी युवा क्लवले ३५ हजार रुपैयामा चित्त बुझाएको छ ।

प्रतियोगिता समापनका अवसरमा बोल्दै प्रदेशसभा सदस्य निरन राईले खेलमैदान स्तरोन्नती तथा खेलाडीको क्षमता बिकासका लागि चालु आर्थिक बर्षमा ८ लाख रुपैया बिनियोजन गरिएको जानकारी दिए । त्यस्तै सहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।

सहीदभूमी गाउँपालिका–१ छिन्ताङको मितेरी युवा क्लवको स्थापना दिवसको अवसरमा आयोजित ८ दिने प्रतियोगितामा उपाधिका लागि ३७ टिमवीच प्रतिस्प्रधा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!