काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।

Advertisement

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।

उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!