गुल्मी (तम्घास)। दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन् ।

उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली काँग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नुभएको हो । एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार बनाएपछि उहाँहरुका आफन्त पनि दुईमध्ये कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

Advertisement

दुई भाइमध्ये दाजु यमबहादुर काँग्रेस बडागाउँको पार्टी सभापति हुनुहुन्छ भने भाइ ओमबहादुर एमाले बडागाउँ गाउँ कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

यसरी दुई भाइ एकै ठाउँबाट फरकफरक पार्टीबाट उम्मेदवार बनेपछि स्थानीय कसले बाजी मार्ला भनेर निकै चासोका साथ हेरिरहेका छन् । यी दुई दाजुभाइ गत दश वर्षअघि नेपाली सेनाबाट अवकाश पाएर फर्केपछि राजनीतिमा प्रवेश गरेका हुन् । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!