कतार, १३, कार्तिक । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ। उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनौट, स्वास्थ्य परीक्षण र वीमा लगायत एकीकृत सेवा प्रदान गरिने छ ।

Advertisement

कतारको भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इशा बिन साद अल जफाली अल नुआइमी बीच यस विषयमा छलफल भएको छ।

कतारमा ठूलो संख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताउनु भएको छ।

मन्त्री ज्ञवालीका अनुसार आजै नेपाल र कतारका राष्ट्राध्यक्षहरूको बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमा समेत सकारात्मक छलफल भएको छ जसले गर्दा नेपाली श्रमिकका समस्या छिटै समाधान हुनेछन्। हाल कतारमा ४ लाख भन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!