भोजपुर, १२ कात्तिक । हतुवागढी गाउँपालिकामा सञ्चालन भएको चौथो घोडेटार गोल्डकप २०७५ प्रतियोगितामा एभरेष्ट फुटबल क्लब नरहा सुनसरीले हात पारेको छ । आयोजक घोरेटार फुटबल क्लब उपविजेता भएको छ ।

विजेता भएसंँगै एभरेष्ट क्लबले रु एक लाख, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेता घोरेटार क्लबले रु ५० हजार, पदक र प्रमाणपत्र हात पारेका छन् । आज भएको फाइनल खेलमा एभरेष्ट क्लबले घोरेटार क्लबलाई ५–० गोलले पराजित गरेको थियो ।

Advertisement

यही कात्तिक ८ गतेदेखि शुरु भएको प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!