काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।

Advertisement

ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ । यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको बिक्री गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!