काठमाडौँ, १२ कात्तिक । स्पेनिस ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि सानदार जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान ‘नाउक्याम्प’मा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको हो ।

Advertisement

लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनालाई सानदार जित दिलाउनका लागि लुइस स्वरेजको ह्याट्रिक गरे । खेलको पहिलो हाफमा फिलिप कौटिन्हो र लुइस स्वारेजको एक/एक गोलमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल गरे ।

खेल शुरु भएको ११ औं मिनेटमा काउटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । स्वरेजले ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भीएआरको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।

पहिलो हाफमा २ गोलले पछि परेको रियलका लागि ५० औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे पनि बार्सिलोनाले तीन गोल थप्यो । ७५औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ८३औं मिनेटमा फेरी स्वारेजले गोल गर्दै ह्याट्रिक पूरा गरे । सर्जियो रोबर्टोको पासमा गोल गर्दै स्वारेजेल ह्याट्रिक पूरा गरेका हुन् । ८८ औँ मिनेटमा डेम्बेलेको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना १० खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा छ भने रियल मड्रिड १४ अंकसहित नवौं स्थानमा छ । २००७ पछि पहिलो पटक रोनाल्डो र मेस्सी कोही पनि थिएनन् । रोनाल्डो रियल छाडेर युभेन्टस पुगेका छन् भने मेस्सी घाइते छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!