नयाँदिल्ली, ११ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिनुभएको छ ।

Advertisement

आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराउनु भएको हो ।

स्रोतलाई उद्धृत गर्दै स्थानीय एक टेलिभिजन च्यानल न्यूज१८ ले आइतबार जनाएअनुसार भारतको तर्फबाट ट्रम्पलाई यही वर्षको अप्रिलमा निमन्त्रणा पठाइएको थियो ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भनाइ उद्धृत गर्दै भनिएको छ, “अमेरिकी राष्ट्रपतिको पत्रमा, राष्ट्रपति ट्रम्पले आफू भारत आउन नपाएकामा दुःख व्यक्त गर्नुभएको छ ।”

हालै रुससँग हतियार खरिद र इरानबाट खनिज तेलको आयातका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!