पिट्सबर्ग, ११ कात्तिक । अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो ।

Advertisement

बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा “ट्री अफ लाइफ” नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका व्यक्तिको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । “सबै यहुदी मर्नै पर्छ” भन्दै रोबर्टले गोली चलाउन शुरु गरेका थिए ।

प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । सङ्घीय अभियोजनकर्ताहरुले निशृंश हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्ड समेत हुनसक्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणमाथि गोली चलाएर भएको आमहत्याको भत्र्सना गर्नुभएको छ । इलेनोइसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यहुदी प्रार्थनाघरमा भएको आमहत्या हामी सबैमाथि भएको जघन्य अपराध रहेको बताउनुभयो ।

उक्त हत्याकाण्डको जर्मन चान्सलर एन्जेला मर्केल, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समेतका नेताहरुले निन्दा एवं भत्र्सना गर्नुभएको छ ।

पिट्सबर्गको ट्री अफ लाइफ यहुदी प्रार्थनाघर स्क्वारेल हिलमा १५० वर्षअघि स्थापना भएको थियो । बहुसंख्यक यहुदी बसोबास गर्ने पिट्सबर्गमा यो प्रार्थनाघर सबैको आस्थाको केन्द्र हो ।

ब्रान्डिस विश्वविद्यालयले सन् २०१७ मा गरेको एक अध्ययनमा यहाँका ८० प्रतिशतभन्दा बढीले यहुदी विरोधी भावना बढ्दै गएकामा चिन्ता व्यक्त गरेको देखाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!