काठमाडौँ। विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ ।

भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो ।

Advertisement
भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्मा विशेष अदालतमा । तस्बिर: रोशन सापकोटा, रासस

विशेष अदालतमा उपस्थिति गराइएका बेलामा पत्रकारसँग कुरा गर्दै शर्माले आफूलाई नियमविपरीत गैरकानुनी रुपमा गिरफ्तारी गरिएको आरोप लगाउनुभयो ।

आयोगले कर निर्धारणका विषयमा छलफल गर्न शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएकामा पक्राउ गरी हिरासतमा राखेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!