धनगढी, ८ कात्तिक । भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले आज मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ ।

Advertisement

आज मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्दिप आउजीले पाँच रनको योगदान दिए ।

बलिङ गर्दै मुम्बई पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई/दुई विकेट लिएका थिए । एकसय ६६ रनको विजयी लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएको थियो ।

मुम्बईका आर्यनले सर्वाधिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए । मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डिसिएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए ।

कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक÷एक विकेट लिँदै आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए । दश दिनका लागि मुम्बई भ्रमणमा रहेको १७ वर्षमुनिको डिसिए टोलीले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!