दोहा। आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ ।

Advertisement

आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी दिनुभएको हो ।

मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सवै संरचनाहरू कार्बनरहित हुने दाबी गर्नुभयो ।

“विश्वकप आयोजनाका लागि गठित सर्वोच्च समितिले आफ्ना सबै काममा कार्बनरहित बनाउने गरी योजना बनाइरहेको छ,” उहाँले भन्नुभयो ।

विश्वकै सबैभन्दा ठूलो फुटबल मेलालाई स्मरणीय बनाउन र विश्वकै चिन्ताको विषयको रूपमा रहेको कार्बन न्यूनीकरणको सन्देश दिन यस प्रतियोगितालाई कार्बनरहित बनाउन लागिएको उहाँले बताउनुभयो ।

मरुभूमिमा रहेको मुलुक कतारले प्रतियोगितालाई कार्बनरहित बनाउन ठूलो रकम थप खर्च गर्नुपर्ने भएको छ ।

विश्वकपका लागि थुप्रै भवन, सडक, आठ वटा रङ्गशालालगायत धेरै ठूला निर्माणका कार्य गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

यसै वर्ष रुसमा भएको भन्दा भव्य र सम्झनलायक बनाउने गरी कतारले विश्वकपका लागि तयारी शुरु गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!