काठमाडौँ, ८ कात्तिक । नेपाली बजारमा अाज सुनको मूल्य पाँच वर्ष यताकै उच्च कायम भएको छ । बुधबारको तुलनामा फाइन गुणस्तरको सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भई ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन पनि ३ सय रुपैयाँले बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यो मूल्य २०७० साल याताकै उच्च मूल्य हो । २०७० भदौ महिननामा सुन ६३ हजार ३ सय रुपैयाँ सम्म पुगेको थियो भने पछि ४७ हजार रुपैयाँ सम्म झरेको थियो ।

त्यस्तै चाँदी तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघले बिहीबारका लागि १० ग्राम फाइन सुनको मूल्य ५१ हजार ७ सय ८५ रुपैयाँ, तेजावी सुनको मूल्य ५१ हजार ५ सय ३० रुपैयाँ र चाँदी ६ सय ४३ रुपैयाँ तोकेको थियो । नेपालमा डलर भन्दा नेपाली रुपैयाँ कमजोर भएकाले सुनचाँदीको भाउ बढदै गएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!