एजेन्सी

काठमाडौँ, ८ कात्तिक । इन्टर मिलानलाई क्याम्प नाउमा पराजित गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राख्न सफल भएको छ । घाइते रहेका कप्तान लियोनेल मेस्सीबिना नै मैदानमा उत्रेको बार्सिलोनाका लागि रफिनाले पहिलो हाफमा गोल गरेका थिए ।

Advertisement

दोस्रो हाफको अन्त्यतिर जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । खेलको शुरुवातमा केही आक्रमण गरे पनि खेलमा लय भेट्टाउन सकेन ।

इटालिन गोलकिपर समिर ह्यानडानोभिचले खेलमा ९ वचाउ गर्दै बार्सिलोनाको धेरै प्रयास विफल पारेका थिए । जीतसँगै बार्सिलोना समूह बी को शीर्ष स्थानमा कायम रहेको छ । समूहको अर्को खेलमा टोटनहम भने पीएसभी एइन्डहोभनसँग २–२ को बराबरीमा रोकियो ।

खेल २–१ को स्थितिमा स्पर्सका गोलकिपर ह्युगो लोरिसले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए पछि त्यसको फाइदा उठाउँदै लुक डि जोङ खेलको अन्त्यतिर खेल बराबरी गरे ।

खेलमा लोजानोले पीएसभीलाई अग्रता दिलाए पनि लुकास मोरा र ह्यारी केनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । जीतविहीन रहेको टोटनहम समूहको तेस्रो स्थानमा सिमित रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!