काठमाडौं, ८ कात्तिक । विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान तोडेका छन् ।

Advertisement

खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गर्दै सचिनकाे नाममा रहेकाे किर्तीमान अाफ्नाे नाममा गरेका हुन् ।

कोहलीबाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा दश हजार रन पूरा गरेका हुन् । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!