दमौली। तनहुँको व्यास नगरपालिका वडा नं १० बोटेगाउँ नजिकै मादी नदीमा पौडी खेल्न गएका एक बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् ।

Advertisement

डुबेर बेपत्ता हुनेमा १२ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

दुईजना साथीसँग पौडी खेल्न गएका ती बालक नदीमा डुबेर बेपत्ता भएका हुन् । अर्का एक बालकलाई भुमरीमा घुमाइरहेका बेला पवित्रा बोटेले उद्धार गर्नुभएको थियो ।

दुई सयभन्दा बढी स्थानीय बासिन्दा र प्रहरीले बेपत्ता ती बालकको खोजी गरिरहेको व्यास नपा वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । सागर चण्डीदेवी राष्ट्रिय मावि, कुमालटारीमा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!