दाङ। इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ तरुलेका ६३ वर्षीय विक्रम कामी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

इप्रका तुलसीपुरले ठूलो परिमाणमा हतियार सहित पक्राउ गरेका कामी र साथमा हातहतियार । तस्बिर: बालाराम खड्का

प्रहरीले कामीको साथबाट चारवटा पेस्तोल, दुईवटा भरुवा बन्दुक, इन्सासमा लाग्ने नौवटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, दुई किलो बारुद, हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

Advertisement

कामीलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!