रियाद, ६ कात्तिक । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ ।

Advertisement

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।”

राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।”

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!