एमाले निकट युवा संघ र अनेरास्ववियूले प्रमुख निर्वाचन आयुक्त यादवको पुत्लासँगै निर्वाचन अायाेगकाे निर्णयको प्रतिलिपि पनि जलाएका छन ।
पुनः मतदान गराउँने निर्णयको बिरोधमा प्रमुख निर्वाचन आयुक्तको पुत्ला दहन
काठमाडाै । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुत्ला जलाइएकाे छ ।
आयोगको शनिबार दिउँसोको निर्णयलगत्रै माइतीघरमा भेला भएका उनीहरुले पुतला जलाएका हुन् । एमालेले भरतपुरमा पुन मतदानको निर्णय गरिनु आपत्तिजनक भएको प्रतिक्रिया दिइसकेको छ।