रासस

काठमाडौँ। नयाँ प्रधानमन्त्री चयन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दैछ ।

भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद् बैठक चल्न नदिने र प्रधानमन्त्री चयनको मनोनयन प्रक्रियामा भाग नलिने जनाएको एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता भइसकेको अवस्थामा आफ्नो रणनीति तय गर्ने प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने, भरतपुर घटनाबारे किनारा नलागेको अवस्थामा भोलि बिहान ११ बजे बस्ने संसद् बैठक अवरोध गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीको पछिल्लो धारणा तय गर्न लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!