काठमाडौँ, २९ असोज । नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी (एमओआई) को मिति तय भएको छ । दुई देशका श्रममन्त्रीले समझदारीमा कार्तिक १२ गते काठमाडौंमा हस्ताक्षर गर्ने भएका छन् ।

Advertisement

म, रोजगार तथा सामाजीक सुरक्षा सचिव महेशप्रसाद दाहालका अनुसार श्रम समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरान कार्तिक ११ गते नेपाल आँउदैछन्। ‘मलेसियासँग श्रम समभदारीको मिति टुंगो लागेको छ। श्रम समझदारीपछि वैदेशिक रोजगार एउटा बाटोमा आउनेछ,’ श्रम सचिव दाहालले भने, ‘वैदेशिक रोजगारको इतिहासमा यो एउटा कोशेढुंगा हुनेछ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

गत २ जेठदेखि बन्द मलेसिया गन्तव्य बन्द छ। श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगाएर मलेसिया जाने पूर्ववत अवस्थाले निरन्तर पाउने छ। श्रम समझदारीको मस्यौदामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षर भइसकेको छ।

समझदारीपछि मलेसिया जाने कामदारले विगतजस्तो पाइला पिच्छे ठगी हुनुपर्ने अवस्था नहुने श्रम मन्त्रालयको दाबी छ। समझदारीले कामदारको भर्ना प्रक्रिया, कामदारले पाउने सेवा सुबिधा र सामाजीक सुरक्षा लगायत बिषयमा स्पष्ट किटान गरेको मलेसियाका लागि कार्यबाहक राजदूत कुमार खरेलले वताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!