काठमाडौं, २९ असोज । हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो।

Advertisement

पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले अब बिस्तारै व्यापकता पाउन लागेको हो।

नेपालमा प्याराग्लाइडिङ खेलको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखि १९ गतेसम्म स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा ‘प्रथम प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप’ (विश्वकप) हुने भएको छ।

संघले नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त सहयोगमा नेपालमै पहिलो पटक विश्वकप आयोजना गर्न लागेको संघका महासचिव एवं विश्वकपका संयोजक शैलेन्द्र राउतले जानकारी दिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!