विराटनगर, २८ असोज । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई यनीहरूबाट करवापतको बक्यौता उठाउन हम्मेहम्मे परेको छ ।

कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो तर उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए। लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो।

Advertisement

यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको छ। अन्यको आयात निर्यातमा समेत यो वर्ष रोक लगाइएको छ। ‘पहिलो चरणमा बैंक खाता, घरघरेडीको किनबेच एवं आयात निर्यात रोक्का गर्यौँ’, कार्यालय प्रमुख गौतमले भने। ‘दोस्रो चरणमा पत्रपत्रिकामा नाम सार्वजनिक गर्ने र अन्त्यमा सम्पत्ति लिलामीसम्मको प्रक्रियामा जान्छौँ। कान्तिपुर दैनिकमा यो खबर छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!