पशुपतिनगर, २६ असोज । जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासङ्घको ८९ औँ फिडे काङ्ग्रेसबाट इलामका विदुर गौतमले अन्तरराष्ट्रिय आयोजकको उपाधि प्राप्त गरेका छन् ।

Advertisement

नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम सो उपाधिसँगै अन्तराष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी बन्नुभएको छ । उपाधिपछि उनले अन्तरराष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना र सञ्चालन गर्न पाउनेछन ।

सन् २०११ जुन ४ देखि ७ सम्म युएइको अल–एनमा भएको दोस्रो प्रेसिडेन्ट बोर्ड मिटिङबाट अन्तरराष्ट्रिय आर्बिटरको उपाधि प्राप्त गर्नुभएका उनी सन् २०१८ सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघअन्तर्गत सी लेभलको अन्तरराष्ट्रिय आर्बिटरसमेत बनेका थिए । सेप्टेम्बर २६ देखि ६ अक्टोबरको ८९ औँ फिडे काङ्ग्रेसबाट उनी अन्तरराष्ट्रिय आयोजकको उपाधि पाउन सफल भएका हुन।

उनकै पहलमा इलाममा २०७३ जेठ ७ देखि १० गतेसम्म १९ औँ राष्ट्रिय बुद्धिचाल र चौथो महिला च्याम्पियनसिप प्रतियोगिता भएको थियो । उनले गत वर्ष असोज ३ गतेदेखि टङ्कमाया गौतम स्मृति चेस प्रतियोगिता आफ्नो गृहनगर देउमाईमा आयोजना गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!