काठमाडौँ, २६ असोज  । पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ ।

Advertisement

पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।  पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिनुभयो । २०६८ अघि पशुपतिनाथको भेटी गणना गर्ने परम्परा थिएन ।

यो वर्षमा साउन महिनाको सोमवार, बोलबम यात्रा, हरितालिका तीजपर्व र जनैपूर्णमामा प्राप्त भेटी भने गणना भइरहेको छ । पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ जनाभन्दा बढी कर्मचारी खटिएका छन् ।

तीनवर्ष अघि २०७२ सालको भूकम्प र यसपछिको एकवर्ष पशुपतिनाथलाई कम भेटी प्राप्त भएको थियो । आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!