पदम राइ/संगालोखबर

साँगुरिगढी, १४ असोज । धनकुटा साँगुरिगढी ८ महाभारतमा अदुवाको गानो कुहिने रोग देखा परेपछि किसानहरु चिन्तित भएका छन् ।

साँगुरिगढी ८ का किसान हरिचन्द्र राईले करिब ६ रोपनिमा लगाएको अदुवाको बोट कुहिन थालेको उनले बताए । पहिला अदुवाको बोट हुँदै पाना समेत कुहिने गरेको किसान राईले बताए। यो रोग लागे पछि अदुवा बारी नै सखाप हुने गरेको कृषकको भनाई छ।

यो वर्ष अदुवाले भाउ पाए पनि कुहिन थाले पछि किसानहरु निरास भएका छन्। यस वर्ष गाउँ मै अदुवा प्रति केजि २ सय रुपैयाँमा बिक्रि हुने गरेकोछ ।

तर अदुवा बारीमा नै कुहिन थाले पछि आम्दामी घट्ने गरेको कृषकको गुनासो छ। अदुवामा रोग लागेकोले यो साल अदुवाको बिउ जोहो गर्न पनि मुस्किल रहेको स्थानीय कृषकले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!