दाङ, १३ असोज । दाङमा माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पूर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!