न्यूयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो ।

Advertisement

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ ।

उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताउनुभयो ।

उहाँले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!