संगालोखबर सम्वाददाता

धनकुटा, ९ असोज । धनकुटा नगरपालिका १ हिलेस्थित टिमुरेमा उच्च स्तरिय वेयर हाउस निर्माण कार्य सम्पन्न भएको छ । पाँच महिना अघि थालिएको कृषिजन्य वस्तु भण्डारण गर्ने वेयर हाउस निर्माण कार्य सम्पन्न भएको हो ।

Advertisement

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम, उद्योग वाणिज्य संघ, १ नं.प्रदेश सरकार र नेपाल अलैची व्यवशायी महासंघको संयुक्त पहलमा ३ करोड १४ लाखको लागतमा वेयर हाउस निर्माण गरिएको हो ।

वेयर हाउस निर्माणको लागि उन्नति नेपाल कार्यक्रम र वाणिज्य संघ तथा अलैची व्यवशायी महासंघको ५०/५० प्रतिशतको लगानी रहेको छ भने प्रदेश सरकारको ३० लाख सहयोग रहेको छ ।

वेयर हाउसमा आगामी एक महिनाभित्र अलैची लगायत कृषिजन्य वस्तु भण्डार गर्न सकिने निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए ।

धनकुटा नगरपालिका १ हिलेस्थित टिमुरेमा निर्माण गरिएको वेयर हाउसको नवनिर्मित भवन ।

आगामी महिनादेखि औपचारिक रुपमा सञ्चालन हुने वेयर हाउसमा अलैची भण्डारणलाई पहिलो प्राथमिकतामा राखिने भएपनि मासु वाहेकका सम्पुर्ण कृषिजन्य वस्तु समेत भण्डारण गर्न सकिने घिमिरेको भनाई छ । नीजि क्षेत्रसंग पनि सहकार्य गर्न शेयर मार्फत बाटो खुला गरिने लक्ष्य रहेको जनाईएको छ ।

नगदे बाली तथा फलफुल उत्पादनको उर्वर भुमि भएपनि भण्डारण गर्ने उपयुक्त स्थानको अभाव रहेकोले त्यसको अभाव टर्ने निर्माण समितिका सदस्य गौरब कार्कीले बताए ।

नव निर्मित वेयर हाउसमा जेनेरेटर, डी हिमिनिटी फायर, हिमिनिटी फायर लगायतका प्रविधि जडान कार्य सकिएको जनाईएको छ ।असोज दोस्रो साताभित्र ‘अप्रेसन’ कार्य थालिने निर्माण समितिका संयोजक घिमिरेले बताए ।

कृषि क्षेत्रको लागि ठुलो लगानीमा थालिएको कार्य सकारात्मक रहेकोले स्थानीयस्तरबाट समेत आवश्यक सहयोग गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । सुरक्षा आवास, कार्यालय लगायत वेयर हाउसको क्षेत्रफल पॉच रोपनी रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!