
काठमाडौँ, ३० भदौ । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए।
बरामद रकमसहित दुबैजनालाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए। पक्राउ गरिएकासँग थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।















